मध्य पश्चिमाञ्चलमाथि एपीएफको २६ गोल



काठमाडौं, (नेस)
राष्ट्रिय महिला लिग च्याम्पियनसिपअन्तर्गत त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई १२–० गोल अन्तरले हराउँदा नेपाल एपीएफ क्लबले मध्य पश्चिमाञ्चललाई २६–० गोल अन्तरको जित हात पारेको छ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी महिला लिगको १६औं संस्करणमा एपीएफले पहिलो हाफमा १४ गोल र दोस्रो हाफमा १२ गोल गरेको हो। जसमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेर कीर्तिमानसमेत राखिन्।
त्यस्तै अनिता केसीले ५ र अञ्जली योञ्जनले ४ गोल गरे भने रेखा पौडेलले २ गोल गरेकी थिइन्। त्यस्तै आर्मीको जितमा दीपा राईले ५ गोलको योगदान दिइन्।

प्रतिक्रिया दिनुहोस्