सीता एयरका प्रबन्धक बलात्कारको अभियोगमा प्रक्राउ



बाँके । नेपालगञ्जको सिग्नेट होटलमा शनिबार राति भएको बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले सीता एयरका क्षेत्रीय प्रबन्धकलाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्जस्थित सीता एयरको कार्यालयका प्रमुख मनोज भारतीलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । शनिबार राति होटलको ३०५ नम्बर कोठामा १९ वर्षीय युवतीको बलात्कार भएको थियो । बलत्कारमा संलग्न निरज गुरुङ होटलबाटै पक्राउ परिसकेका छन् । घटनामा गुरुङलाई सघाएको आरोपमा भारतीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र प्रसाद अर्यालले बताएका छन । दुवै जनालाई प्रहरीले जर्बजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्