दुई विद्यालयलाई कम्युटर र पिन्टर प्रदान



नेपाल समाचारपत्र,लमजुङ ।
लमजुङका दुई विद्यालयलाई कम्युटर पिन्टर प्रदान गरिएको छ । जिल्ला सदरमुकाम बेसीशहर– नगरपालिका– ११ को चिति स्थित जनकल्याण मावि र लोकराज आदर्श माविलाई अमेरीकाबाट कम्प्युटर तथा प्रिन्टर सहयोग प्राप्त भएको हो ।

अमेरीका रहेका पूर्व विद्यार्थीहरुको संस्था अन्कन संस्था एनकोन ले सहयोग गरको हो । विद्यार्थीहरुको संस्था अन्कन संस्था (ब्ल्ऋइल्) सहयोगमा प्राप्त सामग्री प्रदेश सभा सांसद धनञ्दय दवाडीले जनकल्याण माध्यामिक विद्यालयका अध्यक्ष शिवप्रसाद जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दवाडीले विद्यालयलाई सहयोग प्राप्त भएको सामग्रीहरूको सही रूपमा प्रयोग उपयोग गर्न सकेमा विद्यालयको शैक्षिक गुणस्तरमा पनि बृद्धि हुने बताउनुभयो । सो अवसरमा संस्थाका प्रतिनिधि नारायणप्रसाद जोशी र ज्ञानशाली पन्त पनि सहभागी हुनुहुन्थ्यो ।

जनकल्याण माविका लागि १० थान कम्प्युटर र १ वटा प्रिन्टर सहयोग गरेका संस्थाका प्रतिनिधी बासुदेव विष्टले बताउनु भयो । उहाँका अनुसार लोकराज आदर्श माविलाई पनि ३ थान कम्प्युटर र ३ थान ल्यापटप र फोटोकपि सहितको प्रिन्टर प्रदान गरिएको छ ।
यसैगरी, सांसद दवाडीले लोकराज आदर्श माध्यामिक विद्यालयका अध्यक्ष शम्भुबहादुर जोशीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्