हत्या गरीएका कर्मचारीको संझना



रविन भट्टराई, ताप्लेजुङ । एक वर्ष अघि ताप्लेजुङको खोक्लिङमा हत्या गरीएका वन रक्षक गणेश वहादुर शाहीको संझनामा ताप्लेजुङमा सोमबार वार्षीक स्मृति दिवस मनाईएको छ ।

निजामति कार्मचारीको आधिकारीक ट्रेड युनियन ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा विहान स्मृति दिवसको आयोजना गरेको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले स्वर्गिय शाहिको फोटोमा माल्यारपण गर्दै क्यान्डिल बालेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै उहाँले स्वर्गिय शाहिको काम प्रतिको लगाव र शाहसलाई आत्मासाथ गर्दै अन्य कर्मचारीले विचलित नभई राष्ट्रसेवामा लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

ईलाका वन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट दसेरा ८ निवारी गणेश शाहीको २०७३ साल पौस १७ गते कार्यक्षेत्रमा खटिएकै अवस्थामा घाँटि रेटि विभत्स हत्या गरिएको थियो ।

निजी र सामुदायिक वनको सिमाना बारेको बिवादले उग्ररुप लिँदा आक्रोसमा आएका सविन लिम्बु भनिने टेक प्रसाद लिम्बुले घाटि रेटि हत्या गरेका थिए । हत्यामा संलग्न लिम्बु हाल जिल्ला कारागार ताप्लेजुङमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्