मृर्गौला पीडित अधिकारीद्वारा सहयोगको याचना



हिक्मत नेपाली, दैलेख । दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाई दुर्गराज अधिकारीले जानकारी दिए ।
‘मुुमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनकी श्रीमति गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु । तर, उपचारका लागि पैशा छैन् ।’ उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।
मिर्गाैलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनौंमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो ।
२५ बर्षिय अधिकारीको दुबै मृगौला खराब भई उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गरेका हुन् । सहयोग गर्न चाहानेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गरेकी छन् । साथै, सहयोग गर्न चाहने महानुभावले दैलेख स्थित राष्ट्रिय वाणिज्य बैंक शाखाको ४०१००२०२४९१० खाता नं. मा सहयोग रकम जम्मा गरिदिन उनका परिवारले अपिल गरेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि उनकी आमा तयार भए पनि सो कामका लागि आवश्यक आर्थिक व्यवस्थापन नभएपछि परिवारले सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको उनका भान्जा डिलप्रसाद शर्माले बताए । मृर्गौला प्रत्यारोपण गर्न अस्पतालमा २५ लाख खर्च लाग्ने बताएपछि सहयोग गरिदिन आग्रह गरेको बताएका छन् । पीडित अधिकारीका दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्