इन्भेष्टमेन्ट बैंक ट्रमा सेन्टरमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल इन्भेष्टमेन्ट बैंकले महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ। काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्ने छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा सांस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। यसै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा सञ्चालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो।

बैंकले निकट भविष्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटीएम सञ्चालनमा ल्याउने छ। राष्ट्रिय ट्रमा सेन्टरको प्रवेशद्वारमा रहने एटीएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन्।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटीएम पुगेको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ। निजी क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १० दशलव ६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब तथा कुल कर्जा लगानी १०७ अर्ब पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ दि इयर’ उपाधि पाँचपटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ‘क’ वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्