एनआईसी एसिया बैंक मुख्य प्रायोजन रहेको टिम विजयी



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता (ईपीएल) को उपाधि हात पार्न सफल भएको छ।विराटनगरले जितसँगै ट्रफी र नगद २१ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ३ गतेदेखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाइनलखेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हात पारी उपाधि कब्जा गर्न सफल भएको थियो।

एनआईसी एसिया बैंकले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्र योगदान पुगोस् भन्ने उद्देश्यले यसपटक विराटनगर वारियर्सका लागि मुख्यप्रायोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्