होन्डाको ह्याप्पी न्यु वेयर



काठमाडौं, (नेस)
होन्डा नेपालले नयाँ वर्ष २०१८ स्टाइलका साथ मनाउने योजना बनाएको छ। कम्पनीले नयाँ वर्ष २०१८ मा ‘होन्डाको ह्याप्पी न्यू वेयर २०१८’, ‘न्यु इयर, न्यु यु नामक योजना बजारमा सार्वजनिक गरको हो।

योजनाअन्तर्गत ग्राहकवर्गले कुनै पनि होन्डा मोटरसाइकल वा स्कुटरको खरिद गरी स्क्र्याच कुपनमार्फत् २५ हजार रुपियाँसम्मको नगद छुट पाउन कम्पनीले जनाएको छ।

त्यसैगरी चार जना भाग्यशाली विजेताले ललितपुरको लबिम मलका स्टोरमा १ लाख रुपियाँ बराबरको सपिङ गर्ने मौका समेत पाउनेछन्। नेपालभर लागू हुने यो योजना १ जनवरीदेखि ३१ जनवरीसम्म जारी रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्