राइनो ५०० डी फलामे छडद्वारा टेक्निकल मिट सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड लचकतासहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ। उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको छ।

यसै सन्दर्भमा जगदम्बा स्टिल्सले ललितपुरमा एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धी टेक्निकल मिटको आयोजना गरेको छ। ‘राइनो ५००डी नयाँ पुस्ताको उच्चशक्ति र लचकतासहितको रिब्ड रिइन्फोर्स छड हो,’ टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भन्नुभयो–‘निर्माण प्रक्रिया, भौतिक तथा रसायनिक सम्मिश्रण तथा यसबाट उत्पन्न गुणलगायतका आधारमा राइनो बजारमा उपलब्ध अन्य छडभन्दा पृथक छ।’ एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम् ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको छ। यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ।
यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पीय जोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको नेपालले बताउनुभयो। यसले भूकम्पीय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ।

राइनो ५०० डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीका बिक्री केन्द्रमार्फत उपलब्ध छन्। कम्पनीले ३६ एमएमतथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ। कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ। यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पूर्ण गर्न सहयोग हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्