एनएमबी बैंकद्वारा फुटसल टुर्नामेन्ट आयोजना



काठमाडौं, (नेस)
एनएमबी बैंकले आफ्ना कर्मचारीका लागि एनएमबी फुटसल टुर्नामेन्ट २०१७ को आयोजना गरेको छ।

कार्यक्रम काठमाडौंको बालुवाटारस्थित ढुकु फुटसल मैदानमा आयोजना गरिएको हो। फुटसल टुर्नामेन्टको मुख्य उद्देश्य आफ्ना आन्तरिक कर्मचारीमा टिम बिल्डिङको भावना झनै अभिपे्ररित होस र कार्यक्षेत्रमा समेत यसको प्रभाव रहोस् भन्ने रहेको छ।

एनएमबी फुटसल टुर्नामेन्ट २०१७ आयोजना भएकोमा खुशी व्यक्त गर्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भन्नुभयो–‘बैंकले मानव संशोधनको उचित विकास एवम् प्रवद्र्धनका लागि सदैव प्रयत्नशील रहेको तथा यस विषयलाई विशेष महत्त्वका साथ हेर्ने गरेको छ। यस्ता आन्तरिक कार्यक्रमबाट कर्मचारीमा टिम विल्डिङको भावना झनै प्रगाढ हुनेमा हामी विश्वस्त रहेको छौं।’

प्रतिक्रिया दिनुहोस्