२०१७ मा छाएका ४ राष्ट्रपति



वासिङटन (एजेन्सी)
सन् २०१७ मा अमेरिकाले डानाल्ड ट्रम्पलाई नयाँ राष्टपतिका रुपमा पाए। उत्तर कोरियालले अमेरिको कडा भन्दा कडा चेतावनीलाई बेवास्ता गर्दै लगातार ब्यालिस्टिक क्षेप्यास्त्र तथा शक्तिशाली परमाणु हतियारको परिक्षण जारी राखे। सिरियामा हस्तक्षेप गर्दै रुसी राष्टपति भ्लादिमिर पुटिनले मध्य पुर्व तथा अरब क्षेत्रमा आफनो सशक्त प्रभाव विस्तार गरे। त्यसै गरि चीनका राष्टपतिमा सि जिनपिंग माओ पछिकै चीनको सबैभन्दा शक्तिशाली नेताका रुपमा उदय भए। राष्टपति पदमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएको सिले चीनलाई विश्वको सबैभन्दा ठुलो आर्थिक सक्तीका रुपमा स्थापित गर्ने महत्वाकांक्षी योजनालाई अगाडी बढाउँदै चीनको प्रभाव विस्तार गर्ने स्पष्ट खाका देखाएका छन्।

डोनाल्ड ट्रम्पको उदय
राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा ब्यापक विरोधका बावजुद अमेरिकाका अर्बपति डोनाल्ड ट्रम्प अप्रत्यासित रुपमा चुनाव जित्दै अमेरिकाको ४५ औं राष्टपति बने र ह्वाइट हाउसमा पुगे। ह्वाइट हाउस पुगे लगत्तै अमेरिकी मुल्य मान्यतालाई चुनौती दिँदै कयौं फैसलाहरु लिए, जसले देश भित्र र अन्तराष्ट्रिय स्तरमा धेरै विवाद निम्त्याए।

अमेरिकाका कयौं सहरमा नागरिकहरुले सडकमा ओर्लेर नवनिर्वाचित राष्टपतिको विरुद्ध विरोध प्रदर्शनहरु गरे। राष्टपति बनेपछि ट्रम्पले उग्र इस्लामिक कट्टरपन्थी विरुद्ध सभ्य विश्वलाई एकजुट गर्ने र त्यसलाई धर्तिबाट पुरै समाप्त पार्ने बताएका थिए। राष्टपति बनेको एक बर्ष भित्र उनले कयौं बहुपक्षिय संगठन र सम्झौताबाट बाहिरिन फैसला लिए। जलवायु परिवर्त विरुद्ध विश्वब्यापा लडाईका बावजुद उनले यसबाट पनि अमेरिकालाई बहिर्गमन तर्फ दोहोर्याए।

आफनै देशको संघिय जाँच एजेन्सी (एबीआइ)का बारेमा उनले एजेन्सीको प्रतिष्ठा ध्वस्त भइसकेको टिप्पणी गरे। त्यसपछि उनले शितयुद्ध कालिन अमेरिकाको शत्रु मानिने देशसँग मित्रताको हात बढाए। उनीमाथि राष्टपति चुनाव अभियानमा उनको टोलीले रुसी अधिकारीहरुसँग सम्पर्क गरेको आरोप लागेको छ। त्यसलाई उनल अस्विकार गर्दै आइरहेका छन्।
ट्रम्पले रुसी राष्टपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे। उनले पुटिनको बचाउ गर्दै अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपका कारण राष्टपति पुटिन आफैले अपमानित महसुस गरेको बताए। विदेशमन्त्री रेक्स टिलर्सनको नियुक्ती अगाडीनै विवाद रह्यो। उनी र ट्रम्प बीच मतभेद रहेको चर्चाले राजनितिक बृतलाई तताइरहयो। हालै मात्र उनले ट्रम्पलाई ‘मन्दबुद्धी‘ सम्म भने।
अमेरिकी जासुसी एजेन्सीले अमेरिकी राष्टपति चुनावमा रुसले सन् २०१७ अगाडीनै हस्तक्षेप थालेको बताएका थिए। अमेरिका देखि स्पेनको पृथक्तावादी घटनामा पनि रुसको हस्तक्षेप रहेको आरोप छ। हालै स्पेनको क्याटालोनिया संकटमा रुसको भुमिका स्पष्ट भएको बताइएको छ। यद्यपी पुटिनले आफनो कथित ट्रोलिंग मसिनरीमाथि लागेका सबै आरोपलाई खारेज गरेका छन्।

शक्तिशाली सि
विगत केहि समयदेखि चीन अन्तराष्टिय स्तरमा आफनो उपस्थिति देखाउने प्रयास गरिरहेको छ र विश्वका महत्वपुर्ण मुद्दामा उसले आफनो पक्ष राख्दै आएको छ। चीनका राष्टपति सी जिनपिंगले आगामी समयमा यो ट्रन्ड बढ्ने पुष्टि गरेका छन्।

हालै दिएको आफनो एक भाषणमा सी जिनपिंगले आगामी दशकका लागि आफना लक्ष्यहरु अगाडी सारेका छन्। उनलेभ भने– चीच एक नयाँ युगमा प्रवेश गरिसकेको छ, जसमा हामीले विश्वको केन्द्रिय मन्चमा आफनो स्थान लिनु पर्छ। आफनो सक्ती र अन्तराष्टिय प्रभावबाट चीन सन् २०५० सम्म ‘विश्व नेता‘ बन्ने उनले बताएका थिए।

चीनले यसको थालनी सन् २०१७ बाट प्रत्यक्ष रुपमा प्रयास थालेको देखियो। उसले त्यसता परियोजनाहरु लागु गरिरहेको छ जसले विश्वलाई नयाँ मार्ग दिने छ र त्यसको केन्द्र एसिया हुनेछ।

यसका दुई उदाहरणमा पहिलो ‘द सिल्क रोड‘, जुन अबौं डलरको लगानीमा पुर्वलाई पुश्चिमसँग जोड्ने एक महत्वाकांक्षी परियोजना हो। दोस्रो ‘इन्फ्रास्ट्रक्चर बैंक, जुन चीनमा हुनेछ र यसले जापान र अमेरिकाको कडा विरोध र अवरोधका बावजुद अन्तराष्टिय समर्थन हासिल गरकेो छ।

निर्भिक किम
उत्तर कोरियाली नेता किम जोंग उनले आफनो प्रबल इच्छा शक्तिको प्रदर्शन गर्दै अमेरिकाबाट हुन सक्ने सबै प्रकारका आक्रमणलाई चुनौती दिन आफु तयार रहेको छवी देखाए। कतिपयले यसलाई उनको आत्मघाति गतिविधिसँग समेत तुलना गरेका छन्। यद्यपी किमले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हाइड्रोजन बम सहित गत बर्ष तीनवटा परमाणु बमको परिक्षण गरे। त्यसैगरी अन्तरमहाद्विपिय क्षेप्यास्त्रको तेस्रो परीक्षण गरे, जसलाई किमले कोशेढुंगा भएको बताएका थिए। उक्त परिक्षणपछि किमले अब पुरै अमेरिका उनको निसानामा आउन सक्ने बताए।

यद्यपी विज्ञहरुले उत्तर कोरियाले त्यसतो प्रविधि विकास गरिसकेको छ भन्ने विषयमा आसंका गरिरहेका छन्। तर किमले सन् २०१७ मा उत्तर कोरियाले आफ्नो कार्यक्रमलाई जसरी अगाडी बढायो त्यसबाट उसले आफनो लक्ष्य हासिल गर्न सक्ने बताए। यसले अबको कोरियाली युद्ध भनेको भयानक परमाणु युद्धको स्वरुपमा आउने खतरा रहेको देखाएको छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएले पनि उत्तर कोरिया आफनो परमाणु कार्यक्रम पुरा गर्नका लागि प्राविधिक रुपमा तयार रहेको बताएको छ।

कोरियाली प्रायद्विपको मुद्दा त्यो संकट हो जसले सन् २०१८ लाई अशान्त बनाइराख्ने छ।

प्रतिक्रिया दिनुहोस्