बाहिरियो कृको गीत



पछिल्लो पुस्ताका सुपरस्टार अनमोल केसी अभिनित बहुप्रतिक्षित फिल्म कृमा समावेश यति यति पानी गंगा रानी बोलको गीत अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार सार्वजनिक गरिएको छ। गीतमा अनमोल केसीलाई फिचरिङ गरिएको छ। यसको भिडियोमा अनमोल यति यति पानी गङ्गै रानी भन्दै क्लबमा रमाइरहेका देखिन्छन्। र्याप शैलीको गीतमा प्रकाश संयोजनले यसको आकर्षण बढाएको छ भने अनमोलका साथमा कोरस कलाकारको व्यापक प्रयोगको गरिएको छ।

गीतमा अलमोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको छ भने संगीत र शब्द पनि मिस्टर आरजेकै रहेको छ। गीतलाई अलमोडा राना उप्रेतीले एरेन्ज गरेका छन्। यस गीतमा रेनेशा बान्तवा राईको कोरियोग्राफी छ भने पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।

काजल फिल्म्स् र सुवास इन्टरटेनमेन्टको ब्यानरमा भुवन केसी र सुवास गिरीद्वारा निर्मित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
अनमोलका साथमा अदिती बुढाथोकी, अनुपविक्रम शाही, अमित गिरी, सुदाम, सरोज खनाल, रूपा राना, लक्ष्मी गिरीलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्। रिलिजअघि नै बहुचर्चित सावित फिल्म आगामी माघ २६ गते अल नेपाल रिलिज हुँदै छ।

फिल्ममा कथा सुरेन्द्र पौडेल, पटकथा र संवाद प्रदीप भारद्वाज, संगीत अलमोडा उप्रेती राना, विशेष र रोहित, नृत्य रेनेशा बान्तवा राई, विक्रम लामा र एञ्जिला, द्वन्द्व चन्द्र पन्त, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्