मुख्य सडक सधैँ साँघुरो



सलिम अन्सारी,प्यूठान ।
क्षमताभन्दा बढि भारका गाडि चल्दा सडक दिनहुँ जिर्ण हुँदै छ। खाल्डाखुल्डि बढेका छन। जिल्लाको मुख्य सडकखण्ड साँघुरो हुँदा यातायात असहज छ। भालुवागँ प्यूठान सडकखण्डमा सवारी सँख्या बढेपछि दुर्घटनाको जोखिम समेत थपिएको छ। यहाँ २०४४ सालमा खोलिएको सडक चौडा बनाउने योजना समेत अझै कार्यान्वयन भएको छैन। २०६५/६६ मा वटासिल कालोपत्रे गर्ने बाहेक स्तरउन्नतीका थप काम अघि बढाइएको छैन। सडक ऐन २०३१ अनुसार सडकको दायाँवायाँ १५ मिटर कायम हुनुपर्नेमा यहाँ निकै कम छ। सडकको लगतकटा समेत गरिएको छैन। यो ६८ किमी सडकखण्डको चकचके बडडाडा सडकखण्डमा बिपरित दिसाबाट आउने सवारीलाइ पास दिन मुस्किल पर्ने चालकहरु बताउँछन। जिल्ला टाफिक प्रहरीका अनुसार रोल्पा र प्यूठानका ३ सय बढि सवारी साधन दिनहुँ यो सडक भएर ओहोरदोहोर गर्छन।

पछिल्ला दिनमा नौबहिनी गाउँपालिका स्थित फोप्ली लुप्लुङ्ग चुनढुङ्गा निकासी गर्न समेत यहि सडक प्रयोग हुने गरेको छ। चुनढुङ्गा बोक्ने टिप्परको धुलोले व्यवसायी तथा यात्रुहरुले सास्ती भोग्नुपरेको हो । खानीबाट दैनिक ३ दर्जन संख्यामा टिप्पर ओहोरदोहोर गर्छन। धुलोको कारण मानव स्वास्थ्यमा समेत गहिरो असर पर्नेमा सर्वसाधारण चिन्तित छन् । जिल्लामा टिपर सँचालन कार्यबिधी बनाइएको भएपनि सो को कार्यान्वयन हुन सकेको छैन।‘बजार क्षेत्रमा सवारी साधनले त धुलो उडाएकै थिए ।’ बाग्दुलाका व्यवसायी लोकेन्द्र केसीले भने, ‘झन यो टिप्परले त बढी धुलो उडाउँदो रहेछ ।’ धुलो न्यूनिकरणको लागि सरोकारवालाले अविलम्ब ध्यान दिनुपर्ने केसीले बताए । टिप्परबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न र बढ्दो टिप्परको आवतजावतबाट उत्पन्न हुने धुलो तथा धुवाको रोकथामका लागि छलफल आवस्यक रहेको केसी बताउँछन बिजुवार बाग्दुला क्षेत्रमा सडकै ओगटेर घर बनेका छन। सडकमै निर्माण सामाग्री राखेर भौतिक सँरचना खडा गरिदा गाडि पार गर्न गाह्रो पर्छ। जुम्री बाग्दुला सडकमा सवारीको चाप धेरै हुने गरेको छ। जनशक्ति अभावले टाफिक व्यावस्थापनमा समस्या देखिएको जिल्ला टाफिक प्रहरी कार्यालय देबिस्थानका प्रमुख छबिलाल ढकालले बताए।जिल्लाभर जम्मा ८ जना प्रहरीले टाफिक व्यावस्थापनको काम गरिरहेको उनले जनाए।

चुनढुङ्गा खानीदेखि दैनिक ३० बढि टिप्पर चल्दै आएको मोतिदान बानिया जेभीका प्रोजेक्ट म्यानेजर सुमन विष्टले बताए । ‘चुनढुङ्गा चकचकेमा डम्पीङ गर्ने गरेका छौँ ।’ विष्टले भने, धुलो निवारण गर्ने, सडकमा पानी छिट्ने काम सिमेन्ट कम्पनीको दायित्व हो ।’ चकचके देखि दैनिक १ हजार मेट्रिक टन चुनढुङ्गा दाङ्गको कालाकाटेमा अवस्थित शुभश्री अग्नी सिमेन्ट उद्योग लगिदै आएको छ । खानी क्षेत्रबाट चककचेसम्म ६ चक्के र चकचकेबाट कालाकाटे सम्म १० चक्के टिप्परले चुनढुङ्गा ओसारीरहेको उद्योगले जनाएको छ ।

टिप्पर कार्यविधि अनुसाुर सँचालन गरिनुपर्ने प्यूठान नगरपालिकाका उप–मेयर शान्ता आर्चायले बताईन । सफा तथा शुन्दर नगर बनाउने अभियानमा नगरपालिकाले कसैसंग सम्झौता नगर्ने आचार्यले बताइन।

प्रतिक्रिया दिनुहोस्