गुरुङ भाषालाई सरकारी कामकाजी भाषमा बनाउछु – सांसद गुरुङ



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रदेश नं. ४ को मुख्य मन्त्रीको समेत दावी गर्र्दै आउनु भएका एमाले सचिव एवं संगठन विभाग प्रमुख गुरुङले तमू ल्होछारको अवसरमा स्थानीयको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

बेसीशहर स्थित तमु संग्रहालयमा आयोजना गरिएको कार्यक्रममा उहाँले प्रदेश नं. ४ मा नेपाली भाषापछि गुरुङ भाषीको बाहुल्य रहेकाले यसलाई कामकाजमा ल्याउने बताउनुभयो । उहाँले गुरुङ भाषासंगै मगर भाषालाई पनि सरकारी कामकाजीमा ल्याउन सकिने बताउनुभयो । संविधानले प्रदेशमा सवैभन्दा बढी बोलिने यी २ भाषालाई सरकारी कामकाजीका रुपमा प्रयोग गर्न सक्ने अधिकार दिएको उहाँले दावी गर्नुभएको छ ।

उहाँले ७ वटा प्रदेशमध्ये सवै हिसावले प्रदेश नं. ४ अब्बल रहेको र समृद्धिको ढोका खोल्ने बताउनुभयो । आर्थिक, सामाजिक, सा“स्कृतिक साथै जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य सवै हिसावले प्रदेश नं. ४ अब्बल रहेको उहाँको भनाई छ । एक अर्को प्रशंमा उहाँले सरकार निर्माणका लागि राष्ट्रिय सभा गठनको आवश्यक नरहेको बताउनुभयो ।

प्रदेश नं. ४ को मुख्यमन्त्रीको दावेदार रहनु भएका गुरुङले छिट्ै प्रदेश सरकार बन्ने समेत बताउनुभयो ।
उहाँलाई मुख्यमन्त्री बन्न आयोजकहरुले आशिर्वाद दिएका छन् । उहाँलाई तमू ल्होसार कार्यक्रमको आयोजक संस्था तमु प्ये ल्हु संघले सम्मान पत्रर खदाबाट सम्मान गरिएको थियो ।
फोटो पनि छ ।

प्रतिक्रिया दिनुहोस्