निर्वाचन आयोग कुनै दलको शाखा कार्यालय जस्तो बन्नु भएन: नेता ज्ञवाली



अनिल खत्री, गुल्मी।
नेकपा एमालेका सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरेका छन् । आइतवार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघामा नेता ज्ञवालीले ‘निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो,’उनले भने, ‘आयोग जस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’

उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दृघकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमती भन्दा निहँु खोजिरहेको छ,’ज्ञवालीले भने,‘कुनै निर्णय पनि बामगठबन्धनलाई मान्य छैनन ।’

अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बिस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाई रहेको आरोप लगाए । ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधी बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए ।

आलोपालो सरकार गठन त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलो पाला नहुने दावी गरे । ‘आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’उनले भने,‘ आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’
उनले एकताको बिषय केपी र प्रचण्ड वा एमाले माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकता प्रति कुनै सन्देह नराख्न सवैलाई आग्रह गरे । ज्ञवालीले माओवादी र आफुहरुबिच कुनै सैद्धान्तिक असहमती नभएको बताए । उनले संंविधानमा समेत आफुहरुको बिचार प्रतिबिम्वीत भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केहि असहमती पनि छिट्टै टुङ्गो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्