अटो जिमखाना च्याम्पियनसिप सम्पन्न



काभ्रे, (नेस)
नेपालमा पहिलो पटक भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप सम्पन्न भएको छ। धुलिखेलको हिमालयन मोटर ल्यान्डमा शनिबार आयोजना गरिएको उक्त प्रतियोगितामा ४१ प्रतिस्पर्धीले भाग लिएका थिए। कार रेसमा काठमाडौंका सुरेन्द्र प्रधान प्रथम भएका छन्। पहिलो भएका प्रधानले सन् २०१८ मा इन्डोनेसियामा हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा भाग लिन पाउने छन्। प्रतियोगितामा विदुर पौडेल दोस्रो र रिक्कि देउला तेस्रो भए। दोस्रो भएका गौतमले नेपाल, भारत र भुटानको ट्राय मोटर र्यालीमा सहभागी हुन पाउनेछन्।
नेपाल मोटर स्पोर्टस् क्लब, नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहयोगमा सो मोटर रेस आयोजना भएको हो।

प्रतिक्रिया दिनुहोस्