परियारले नचाए हेटौंडेली दर्शक



हेटौंडा, (नेस)। हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव२०७४ मा दैनिकजसो चर्चित कलाकारको प्रस्तुति प्रस्तुत भइरहेको छ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन मैदानमा लगातार दोस्रो वर्ष हेटौंडामा जारी मेलाको चौथो दिन नेपालका चर्चित गायक शिव परियार, भोजराज काफ्ले, कर्णराज गिरी, कविता शर्मालगायतले प्रस्तुति दिए।

गायक परियारले गालैको कालो कोठी, पिउँदिन भन्दा भन्दै, फेसबुकैलेजस्ता चर्चित गीतहरू सुनाएका थिए भने गायक भोजराज काफ्लेले बोतलको पानीले, मासु मिठो भालेको जस्ता हिट गीत सुनाएका थिए। गायक परियारको गीतले अबेरसम्म हेटौंडेली दर्शकलाई नचाएको थियो। कलाकार कविता शर्माले आर्कषक नृत्य प्रस्तुत गरिन्। गायक कर्णराज गिरीले ह्यांग बनायौजस्ता राम्रा गीत सुनाए।

प्रतिक्रिया दिनुहोस्