दुई पैसामा कुरो मिलेन, कर्णालीमा पाठ्यपुस्तक अभाव हुने



ईश्वरराज ढकाल, काठमाडौं

यो वर्ष कर्णालीमा पाठइ्पुस्तक अभाव हुने देखिएको छ। शैक्षिक सत्र शुरू हुनु दुई महिना अघिसम्म सरकारी सुस्तताका कारण पाठइ्पुस्तक अभाव हुने देखिएको हो।

पाठइ्क्रम विकास केन्द्रले निजी पुस्तक प्रकाशक र विक्रेताको सूची हालसम्म सार्वजनिक गर्न सकेको छैन। यो वर्षदेखि कक्षा ३ देखि ५ सम्म रंगीन पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ। गत वर्ष १ र २ कक्षाका लागि मात्रै रंगीन पाठ्यपुस्तक छपाइ भएको थियो। यो वर्षदेखि कक्षा ५ कक्षासम्मकै पाठइ्पुस्तक छपाइ गर्नुपर्ने भएपछि समस्या देखिएको हो।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पाठइ्पुस्तक छपाइ अभाव हुन नदिन विभागले सबै सरोकारवालासँग छलफल गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘कुराकानी गरेका छौं, सबैले अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।’ तर निजी प्रकाशकले भने हालसम्म प्रकाशक र विक्रेताको सूची सार्वजनिक गरी धरौटीसमेत राख्ने काम शुरू नभएका कारण पुस्तक छपाइ गर्न समस्या पर्ने बताएका छन्।

निजी प्रकाशकका प्रतिनिधि दीपक भण्डारीले हालसम्म कम्प्युटर रेडी कपी (सीआरसी) र प्रेसहरूको सूची नपाएको बताउनुभयो। सरकारलाई पटकपटक दबाब दिँदासमेत समस्या समाधान हुन नसकेको उहाँले भन्नुभयो– ‘पुस २ गते विभागका महानिर्देशकले बैठक बोलाउनुभयो, त्यसको ३⁄४ दिनभित्रै टुंगो लगाउँछु भन्नुभएको थियो। हालसम्म कुनै प्रगति भएको छैन।’ निजी प्रकाशकले कक्षा १ देखि ५ सम्मको पाठइ्पुस्तक छपाइ गर्ने जिम्मा पाएको छ। जनक शिक्षाले भने कक्षा १ देखि १० सम्मकै जिम्मा पाएको छ। फागुन १ गतेदेखि मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र कालिकोटमा नयाँ शैक्षिक सत्र शुरू हुन्छ।

‘माघ १० गते पुस्तक विक्रेताहरू किताब लिन आउने गर्दछन्, उनीहरूलाई के भनेर बुझाउने? सरकारकै बेवास्ताका कारण चरम समस्या पर्ने देखिएको छ।’ –भण्डारीले भन्नुभयो। रंगीन किताब छपाइ गर्ने समय शुरू गर्न ढिलो भइसकेको तर्क राख्दै उहाँले भन्नुभयो– ‘सरकारी ढिलासुस्तीले गर्दा समस्या पर्ने देखिएको छ।’

जनक शिक्षा सामग्रीका महाप्रबन्धक महेश तिमल्सिनाले कक्षा ६–१० को पाठइ्पुस्तक छपाइ गरी नेपालगन्ज क्षेत्रीय कार्यालयमा पठाइसकेको तथा १ देखि ५ सम्मको पाठइ्पुस्तक छपाइ नथालेको बताउनुभयो। उहाँले निजीले छपाइ गर्ने भएकाले १–५ कक्षाको पाठइ्पुस्तक नछापेको तर्क राख्दै निजीको जिम्मामा रहेको पाठइ्पुस्तक छपाइ गर्नु जरुरी नदेखेको तर्क राख्नुभयो। सबै कक्षाको पाठइ्पुस्तक छपाइ र विक्री गर्ने जिम्मा पाएको जनकले कक्षा १–५ को पाठइ्पुस्तक छपाइ गर्न समस्या पर्ने भएपछि पछि हटेको छ। कक्षा १–५ को पुस्तक छपाइ गर्नु पर्दैन त भन्ने प्रश्नमा महाप्रबन्धक तिमल्सिनाले भन्नुभयो– ‘निजीले छपाइ गर्न नभ्याए सोच्नुपर्ने हुन्छ।’

रंगीन पुस्तक छपाइ गर्नुपर्ने भएपछि जनक शिक्षा पछि हटेको छ। पाठइ्क्रम विकास केन्द्रले करिब दुई दर्जन प्रेसलाई रंगीन पुस्तक छपाइको जिम्मेवारी दिने तयारी गरे पनि हालसम्म कुनै सुरसार गरेको छैन। केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले सूचीकृत गरेर नामावली निकाल्ने क्रममा रहेको बताउनुभयो। ‘हामीले सीआरसी तयार गरिसकेका छौं, सूचीकृत हुनासाथ काम थाल्नेछौं।’ –उहाँको भनाइ थियो। केन्द्रले गत वर्ष १९ वटा प्रेसलाई छपाइ र वितरणको जिम्मा दिएको थियो।

‘मोडालिटीका कारण थोरै समस्या देखिएको छ, समाधान गर्ने क्रममा छौं।’ –कार्यकारी निर्देशक काप्रीले भन्नुभयो। उहाँले पुस १५ देखि प्रक्रिया अघि बढाउने भने पनि हालसम्म कुनै तयारी गरेको छैन। निजी र सरकारबीच मूल्यको विषयमा समेत समस्या देखिएको छ। सरकारले रंगीन पुस्तकको प्रतिपेज ५० पैसामा उपलब्ध गराउने भनेको छ तर निजीले ५२ पैसा पाउनुपर्ने अडान राख्दै आएको छ। पुस्तकको मूल्य समायोजन नगरे निजीले पाठइ्पुस्तक छपाइ नगर्ने समेत चेतावनी दिएको छ। प्रतिपेज ५० पैसा उपलब्ध गराउने भनेपछि बैठकको माइन्युटमा निजीले हस्ताक्षरसमेत गरेको छैन।

निजीका प्रतिनिधि भण्डारीले भन्नुभयो– ‘हामीले ५२ पैसाको अडान राखेका छौं नभए काम गर्न समस्या हुनेछ।’

यो वर्ष कर्णाली, मनाङ र मुस्ताङमा करिब ३ लाख थान पाठइ्पुस्तक आवश्यक पर्छ। सरकारी तथ्यांकअनुसार यो वर्ष देशभर कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीका लगिा ३ करोड ५७ लाख ६७ हजार ७ सय २६ थाप पाठइ्पुस्तक आवश्यक पर्छ।

निजीले कक्षा १ देखि ५ सम्म १ करोड ६५ लाख २८ हजार ७० थान पाठइ्पुस्तक छपाइ गर्ने तयारी गरेको छ। जनकले कक्षा ६ देखि १० सम्म १ करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पाठइ्पुस्तक छपाइ गर्ने तयारी गरेको छ। हिमालीबाहेकका अन्य जिल्लामा वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ। सरकारले यो वर्षाैंदेखि पाठइ्पुस्तकको रकमको जिम्मा स्थानीय निकायलाई दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्