काभ्रे सुनचादीमा पुनः शाक्य



काभ्रे (नेस) । नेपाल सुनचादी व्यवसायी संघ काभ्रेको तेस्रो अधिवेशनले दनकाजी शाक्यको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । शनिवार धुलिखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमेश शाक्य, महासचिवमा निरन शाक्य र कोषाध्यक्षमा विकास शाक्यलाई चयन गरेको छ ।
नेपाल सुनचादी महासंघका केन्द्रिय अध्यक्ष मोहन कुमार सुनारको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले कार्यसमिति सदस्यमा विकास शाक्य, ध्रुवकृष्ण ताम्राकार, राजेन्द्र शाक्य र दिपक रत्न शाक्यलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका केन्दिय अध्यक्ष सुनारले नीति नियम र कानुनको अभावमा सुनचादी व्यवसायमा धेरै समस्या आइरहेको बताउनु भएको थियो । साथै उहाले सुन खरिदमा कोटा प्रणाली खारेज गरि व्यवसायीले चाहेको जति खरिद गर्न पाउनुपर्ने पनि बताउनु भएको थियो । अधिवेशनमा सुनचादी व्यवसायीहरुको ज्यालाजर्तीमा एकरुपता नभएको भन्दै उहाले कानुन बनाएर यसमा एकरुपता ल्याउनु पर्नेमा पनि जोड दिनु भएको थियो ।
कार्यक्रमा विशिष्ठ अतिथिको रुपमा आउनु भएका नव निर्वाचित सांसद गोकुल बास्कोटाले सुचचादी व्यवसायीको अप्ठेरोको बारेमा नीति नियम बनाउन आफुले पहल गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्