शत्रु गतेको रुपै मोहनीमा सबै अटाए



ख्यातिप्राप्त हास्य जोडी महका साथमा विभिन्न हास्य कलाकारहरुद्वारा निर्माणाधीन फिल्म शत्रु गतेको केही दिनअगाडि मात्र छायांकन गरिएको एउटा गीत शुक्रबार सार्वजनिक गरिएको छ। शुक्रबार युट्युबमार्पmत सो फिल्मको रुपै मोहनी बोलको रमाइलो गीत सार्वजनिक गरिएको हो। रुपै मोहनी नारन रुपै मोहनी लर्के जोवन कर्के नजर घायल बनाउने बोलको सो गीतको भिडियोमा फिल्मका प्रायः मुख्य कलाकारहरु देखिएका छन्।गीतमा हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, पल शाह, प्रियंका कार्की, दीपाश्री निरौला, वसुन्धरा भुषाललगायतका कलाकार देखिएका छन्।यी कलाकारलाई कविराज गहतराजले नचाएका छन्। गीतमा संगीत टंक बुथोकीको रहेको छ भने उनका साथमा मीना निरौलाले स्वर दिएकी छिन्। शव्द रचना लोकराज अधिकारीको रहेको छ। आगामी चैत्र ६ गने अल नेपाल रिलीज हुने फिल्म जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका छन्।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, किरण केसी, सुष्मा कार्की, अञ्जु महर्जन, रमेशरञ्जन झा, नरेन्द्र कंसाकार मोहितवंश आचार्य, राजु भुजुलगायतले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। मह जोडीका साथमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेको फिल्ममा कथा हरिवंश आचार्य, पटकथा दीपकराज गिरी र प्रदीप भट्टराई, संवाद हरिवंश आचार्य र प्रदीप भट्टराई, छायांकन दीर्घ गुरुङ र सम्पादन मित्रदेव गुरुङको रहेको छ भने कालिप्रसाद बासकोटाको संगीत र प्रैविण सिंहको नृत्य निर्देशन पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्