डिफेन्डिङ च्याम्पियन बाहिरियो



पाँचथर, (नेस)
मोरङ ११ सँग सडनडेथमा पराजित भएर डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड क्लब जारी नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार भएको प्रतिष्प्रर्धात्मक सेमी फाइनल खेलको निधारित समय सम्म १–१ गोल बराबरी भए पछि टाइब्रेकरमा पनि ५–५ गोल भएपछि सडनडेथमा पुगेको थियो। जसमा बिर्तामोडका आशिष चापागाईको प्रहारलाई रोकेर गोलकिपर किशोर गिरीले मोरङलाई फाइनल पुर्याएका थिए।

यसअघि २३औं मिनेटमा कर्ण लिम्बुले मोरङका गोल किपर अघि बढेको मौकामा जाली चुमाएपछि बिर्तामोडले अग्रता लिएको थियो। मोरङका अशोक खवासले ८१ औं मिनेटमा गोल गरेर खेल बराबरीमा पुर्याए। आइतबारको फाइनल सुनसरी ११ र मोरङ ११ का बिच हुनेछ।

गणेशलाई मोटरसाइकल
यसै गरी पाँचथर जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराट्रिय फुटबल प्रतियोगितामा खेलेर जिल्लाको नाम उच्च पार्ने एपीएफ टिमका पुर्व खेलाडी गणेश लावती लाई यामाहा मोटर साइकलद्वारा सम्मान गरिएको छ। उनि पाँचथरको कुम्मायक गाउँपालिका वडा न १ साबिक यासोक निवासी हुन। लावतीलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्