भवनमा आगलागी



मुम्बई, (एजेन्सी)
भारतको महाराष्ट्रस्थित मुम्बईको एउटा भवनमा भएको भयावह आगलागीमा कम्तिमा १५ जना व्यक्ति मारिएको प्रहरीले शुक्रबार जनाएको छ। बिहीबार मध्यरातको केहि समयपछि लोकप्रिय कमला मिल्स रेस्टुरेन्ट र सपिङ कम्पाउन्डमा आगलागी शुरु भएको थियो। स्थानीय सञ्चार माध्यमले केवल ३० मिनेटभित्रै आगोले सम्पूर्ण संरचना ध्वस्त पारेको जनाएको छ। यस दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएका छन् तिनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। वन अवुभ रुफटप रेस्टुरेन्टबाट कसरी आगलागी शुरु भयो भन्ने स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्