ट्रम्पलाई चेतावनी



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानका कट्टरपन्थी समूह विरुद्ध एक पक्षीय सैन्य कारबाही गर्ने अमेरिकी राष्टपति ट्रम्प र उसको प्रशासनको चेतावनीलाई लिएर पाकिस्तानले अमेरिका र राष्टपति ट्रम्पलाई चेतावनी दिएको छ। उपराष्ट्रपति माइक पेन्सले यसै महिना अफगानिस्तानको भ्रमणका क्रममा दिएको सम्बोधनमा पाकिस्तानलाई चेतावनी र सावधान गर्दै यदि उसले कट्टरपन्थी समूहलाई कुनै प्रकारको सहायता गरेमा देशले धेरै गुमाउनुपर्ने बताएका थिए। अमेरिकी चेतावनीको जवाफमा पाकिस्तानको सहयोग नभएमा अलकायदा र तालिबानलाई पराजित गर्न नसक्ने पाकिस्तानी सेना प्रवक्ता असिफ गफुरले बताए।

प्रतिक्रिया दिनुहोस्