सर्वोच्चले मगायो मतपत्र



काठमाडौं, (नेस)
नेकपा एमाले नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतले मतपत्र मगाएको छ।
प्रतिनिधिसभा–सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गर्दै गत बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गर्नुभएको थियो।

शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरू कागजात ल्याउन आदेश दिएको नेतृ चौधरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चौधरीले गच्छदारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गर्दै सो रिट दर्ता गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्