कांग्रेस बैठककै बीचमा भारतीय राजदूतसँग देउवाको राजनीतिक छलफल



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला भारतीय राजदूत मञ्जिभसिंह पुरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रवार प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन । कांग्रेस बैठक चलिरहेकै बेला राजदूत पुरी पुगेपछि प्रधानमन्त्री देउवाले बैठक रोकेर राजदूतसँग राजनीतिक भेटवार्ता गरेका हुन । प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम तय गर्न भनी बसेको कांग्रेस बैठक र राजदूत पुरीको प्रधानमन्त्रीको भेटवार्ता एकै समयका लागि तय भएको थियो । समानुपातिक सांसदको नाम तय गर्न बैठक बसे पनि कांग्रेस बैठकमा चुनावपछिको राजनीतिबारे छलफल गरिने वताइएको थियो । बैठक चलिरहेका बेला भारतीय राजदूत पुगेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले बैठक रोकेर पुरीसँग छलफल गर्नु भएको थियो । पुरीसँग आधा घन्टा राजनीतिक छलफल गरेपछि देउवा पुनः बैठकमा सहभागी भएका थिए । भेटमा पुरीले राष्ट्रियसभा अध्यादेशका बारेमा एमालेलाई झुकाउन सफल भएकोमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्