राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।

राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गरेकी राष्ट्रपतिको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन् ।

उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्