काम चलाउबाट सिक्ने कि ?



१५ दिनमा २ पटक इन्धनको मूल्य बढाएर आलोचनाको कीर्तिमान रचेको सरकारले विहीवार भने अचम्मै गरेछ । दुवै मृगौला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका विरामीलाई जीवनवृत्तिका लागि मासिक ५ हजार रुपियाँ राहत रकम प्रदान गर्ने सरकारले निर्णय गरेछ ।
विहीवार बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको धरहराले देख्यो । त्यसो त यस अघि पनि सरकारले मिर्गौला फेल भएकाहरुको आजिवन डायलासिस र प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरिसकेको छ । यस्तै विपन्न नागरिकका लागि क्यान्सर र स्पाइनल इन्जुरीको उपचारका लागि एक लाख रुपैयाँका दरले उपचार खर्च दिने गरेको छ ।

अहिले विदावारी हुने तयारीमा रहेको काम चलाउ भनिएको सरकारले ढिलै भएपनि स्मरणीय काम गरेको छ । यो निर्णयसँगै सरकारले विगतमा गरेका धेरै अप्रिय कामलाई ढाकछोप पार्न सहयोग पुगेको धरहराको ठहर छ । अब विरामी र विरामीका आफन्तले सहयोग रकम विना अलमल नियमित रुपमा पाएको खवर सुन्ने धेरैको इच्छा रहेको धरहराले बुझ्या छ ।

अब गठन हुने नयाँ सरकारले काम चलाउ सरकारको निर्णयलाई सम्मान गर्न सिकोस । नयाँ सरकार राहत रकमको प्रतिस्पर्धामा मात्र होइन, दुर्गम क्षेत्र र दुर दराजमा पनि विशेषज्ञ चिकित्सक सहितको औषधो उपचारमा चासो देओस ।

प्रतिक्रिया दिनुहोस्