ठाकुर मुख्यमन्त्री



हिमाचल, (एजेन्सी)
भारतको हिमाचल प्रदेशको तेह्रौं मुख्यमन्त्रीका रूपमा जयराम ठाकुरले बुधबार पदको शथप लिएका छन्। डाक्टर यशवन्त सिंह परमार, रामलाल ठाकुर, वीरभद्र सिंह, शान्ता कुमार र प्रेमकुमार धुमलपछि मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी छैंठौं राजनेता हुन्। हालै सम्पन्न राज्यको विधानसभा चुनावमा ठाकुर मन्डी जिलाको सिराज सिटबाट विधानसभाका लागि निर्वाचित भएका हुन्। जयराम ठाकुरको जन्म मन्डीको ताँडी गाउँको एक आम परिवारमा सन् १९६५ जनवरी ६ मा भएको थियो। उनले कलेज जीवनदेखि नै राजनीतिक यात्रा शुरू गरेका थिए। उनले सन् १९९८ को विधानसभा चुनावमा पहिलो पटक जित हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्