प्रिमियर लिग



टोटनह्याम हट्सपोरका हेरी केनले प्रिमियर लिगअन्तर्गत एउटै क्यालेन्डर वर्षमा ३९ गोलसंख्या पुर्याउँदा एलन सिएररको २२ वर्षको रेकर्ड तोडियो। सिएररले १९९५ वर्षमा ३६ गोल गरेका थिए। केनले यो वर्ष युरोपमा राष्ट्र र क्लबका लागि ५६ गोल गरेर लियोनल मेसी (५४), क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र एडीसन काभानी (५३) लाई समेत पछाडि पारे। त्यस्तै उनको यो प्रिमियर लिगमा लगातार दोस्रो तथा वर्ष २०१७ मा आठौं ह्याट्रिकसमेत हो। साथै साउथाम्पटनमाथि ५–२ को जितले टोटनह्याम ३७ अंकसहित अंकतालिकाको शीर्ष चारमा उक्लियो।

प्रतिक्रिया दिनुहोस्