आईएसएसमा विलासी होटल



मस्को, (एजेन्सी)
अमेरिकी निजी कम्पनीहरू पैसा तिर्न सक्ने ग्राहकहरूका लागि अन्तरिक्षको छोटो यात्रा व्यवस्था गर्न प्रविधि विकासमा काम गरिरहेको बेला रुसले ठूलै अन्तरिक्ष कार्यक्रमको योजना बनाइरहेको सार्वजनिक भएको छ। रुसी अन्तरिक्ष कम्पनी रोस्कोस्मोसले आईएसएस (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र)मा विलासी होटलको निर्माण गर्ने योजना बनाइरहेको छ। जसको खल्ती धेरै नै भारी छ त्यसले एक वा दुई हप्ताको यो अन्तरिक्ष बसाइका लागि कम्तीमा ४ करोड डलर खर्चेर यो अनुभव बटुल्न सक्नेछ। केही वर्षअगाडि पनि रुसी अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष पर्यटकहरूलाई २ करोड डलरमा आईएसएसमा पुर्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्