मैतीदेवी दुर्घटनाः १७ जना घाइतेको ट्रमा र नर्भिकमा उपचार हुँदै



काठमाडौँ, काठमाडौँको मैतीदेवीमा बिजुलीको पोलले लाग्दा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन । घाइतेको ट्रमा सेन्टर र नर्भिक अस्पतालमा उपचार भैरहेको छ । बिहान ६ बजेको समयमा गौशलाबाट रत्नपार्क जाँदै गरेको बा २ ख ८७३३ नम्बरको बस दुर्घटनामा परेको हो । मैतिदेवीको पुल नजिकै सडक किनारामा रहेको बिजुलीको जोर खम्बा भाँच्चिएर बसमाथि बज्रिएको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्