रोल्पा र सल्यानको सिमाना छुट्याउदा स्थानीय खुसी



सरिता चलाउने, सल्यान । सल्यान छत्रेश्वरी गाउपालीकाले धेरै लामो विवादमा मुछिएको आफ्नो सिमाना छुट्याइएको छ ।
सिमानाको विषयले विवादमा मुछिएको सल्यानको छत्रेश्वरी गाउँपालीका १ र रोल्पाको सुकिदह गाउँपालीका ३ को बिचमा पर्ने चामीगाउँमा सल्यानले बोर्ड टाँसेर सिमाना छुट्याएको हो । जनताको माग अनुसार आफु सहितको टोली गएर बोर्ड टाँगेर सिमाना छुट्याएको छत्रेश्वरी गाउँपालीका १ का वडा सदस्य प्रकाश हमालले बताउनु भएको छ । स्थानीयहरुले आफु सल्यानी नै भएको तर रोल्पाले दबाएर राखेको भन्ने गुनासो गरेपछि उनिहरुकै आग्रहमा सिमाना छुट्याउनको लागी आफुले वडा सदस्य सहितको टोली त्यहाँ पठाएको छत्रेश्वरी गाउँपालीका अध्यक्ष शन्तोष केसीले बताउनु भयो ।
२०३५ साल अघिकोे राजपत्रमा मनिमारेको ढिक देखि चामीको खोला हुदै कुवापानी सम्मको पश्चिम भागमा पर्ने चामीगाउँ सल्यान भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । २०३५ साल पछि चामीको खोलापारी रोल्पाका केहि राजनितीक दलहरुले आफुले राजनीति गर्न सजिलो हुन्छ भनेर आफ्नो भुभाग रोल्पातिर लगेको स्थानीयहरुले गाउँका ठुलाबडा नेताहरुलाई आरोप लगाएका छन् ।
अहिले सम्म रोल्पाबाट कुनै सेवा सुबिधा नपाएको र विकास निर्माणका कामहरुमा पनि सधै ठगीएको स्थानीय पुर्ण बहादुर वलीले दुखेसो गरेका छन् । जहिले पनि रोल्पा जिल्लाबाट आएको जुनसुकै बजेटमा ठुलाबडाले गोजी भरेर सहरतिर ठुलाठुला महल बनाउने तर आफुहरु सधै दबिएर बसेको अर्का स्थानीय लोक बहादुर डाँगीले दुख व्यक्त गरे ।अहिलेसम्म आफ्नो गाउँमा सबैै सल्यानले विकास गरेको र आफु सल्यानी भएको स्थानीय पंचाराम डाँगीले बताउनु भयो । आफुरुले नै गाउँपालीका बाट जनप्रतिनिधी बोलाएर सिमानामा बोर्ड टाँस्न लगाएको अर्का स्थानीय बुद्विजीबि तथा शिक्षक टोपबहादुर केसीले बताएका छन् । सल्यानले सिमाना छुट्याई बोर्ड टाँगेपछि आफुहरु खुसि भएको उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्