दुई नम्बर प्रदेशमा मुख्यमंत्री बन्ने दौडाहामा कोको ?



कृष्णउदास खनाल, वीरगन्ज । खासगरी नेपालको प्रदेश नम्बर २ मा अहिले को मुख्यमंत्रीको दौडाहामा राष्ट्रिय जनता पार्टी र फोरम नेपालका प्रदेश सांसदरुको दौडधूप चलेको छ ।
प्रदेश २ मा कुनै पनि दलको एकल बहुमत नभएकै कारण यी दलका नेताहरुको दौडधुप बढेको हो । मधेशवादी दलहरुको गठबन्धनले संयुक्त सरकार बनाउने तयारी गरिरहेको २ नम्बर प्रदेशमा फोरम र राजपाबाट नै मुख्यमंत्रीका आकांशीहरुको संख्या थुप्रै रहेको सोही दलका नेताहरुले बताएका छन् ।
प्रदेशको कुल १ सय ७ सिटमा मधेसकेन्द्रित दुई दल मिलेको अवस्थामा प्रत्यक्ष र समानुपातिकसहित ५४ सिट पुग्दा बहुमत पुग्नेछ । तर, मुख्यमन्त्रीमा राजपासँग कुरा नमिले २९ सिट जितेर प्रदेशमा ठूलो दल बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग पनि समानान्तर छलफल गरिरहेको बुझिएको छ । यदी राजपाले मुख्यमंत्री पद छाड्न तयार नभए बामगठबन्धन र फोरमको सरकार बन्ने र मुख्यमंत्री फोरमलाई दिने संभावना पनि रहेको राजनीतिक बृत्तमा अहिले चर्चा भइरहेको पाइएको छ ।
प्रदेश २ मा राजपाले २५, एमालेले २१ र कांग्रेसले १९ सिट जितेका छन् । अहिलेसम्म फोरमबाट पर्साबाट विजयी लालबहादुर राउत, सिरहाका विजय यादव तथा सप्तरीबाट विजयी राजपा महामन्त्री मनीषकुमार सुमन तथा बाराबाट विजयी नेता जितेन्द्र सोनल दाबेदार छन् । एमालेबाट सप्तरीबाट विजयी प्रदेश संयोजक सत्यनारायण मण्डल पनि दाबेदार रहेको बुझिएको छ । यद्यपी मधेशी गठबन्धन एक भएमा भने बाम दल प्रतिपक्षमा पुग्ने निश्चित छ तर मधेशवादी दल फुटेमा वा फुटाउन सफल भएमा भने मण्डलको संभावना पनि रहेको एमाले नेताहरुले बताएका छन् ।
अहिले मधेश प्रदेशमा राजपा र फोरम गठबन्धन फुटाउनका लागि बाम खासगरी एमालेको कसरत भइरहेको श्रोतको भनाइ छ । यदी राजपा र फोरम दुबैले मुख्यमंत्रीको दाबी जारी रहे एमाले र मधेशी गठबन्धनको एक दल मिलेर सरकार बन्ने संभावना पनि छ । उपेन्द्र यादवसंग केपी ओलीको पछिल्लो भेटधाट पनि यसैको लागि भएको एमाले श्रोतहरुको दाबी रहेको छ । यद्यपी मधेशवादी दलहरु भने जतमतको कदरका लागि भनेपनि मधेशवादी दल एक हुनुको बिकल्प नभएको तर्क गर्दै आइरहेका छन् । राजनीतिमा अनेक संभावना नरहे भएकाले गैर मधेशवादी वा मधेशवादी र गैर मधेशवादीको सरकार मधेशमा बनेका त्यो आश्चार्यको कुरा नहुने राजनीतिक बिश्लेषक बीरेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्