छाउपडि कायम राख्ने परिवारलाई सामुहिक बहिस्कार



ललित सिंह, बझाङ । छाउपडि प्रथा उन्मुलन गर्न महिलाहरु सामुहिक अभियानमा जुटेकी छन ।
महिला माथि हुने हिंसा मध्यको छाउपडि प्रथा पनि एक भएको भन्दै छाउपडि प्रथा कायम राख्ने परिवार र महिलालाई सामुहिक रुपमा बहिसकार गर्न भन्दै जय खप्तडछान्ना गाउँपालिकाकी महिलाले साुमहिक अभियानमा जुटेकी हुन ।
गाउँमा छाउपडि प्रथा कुसंस्कारको रुपमा कायमै रहेको छ छाउ भएको ६ दिन सम्म घर भित्र त के आगन समेत छुन पाईदैन गाउँ भन्दा पर गोठमा सुत्नु पर्ने हुन्छ महिलालाई शारिरीक र मानसिक दुबै समस्या हुने गरेको खप्तडछान्ना गाउँपालिका ७ की उत्तरा देबी सिंहले बताए ।
उनले भने म त धनगढि जन्मे हुकेको मान्छे गाउँमा बिबाह गरेर ल्याए पछि मलाई छाउपडि भएको भन्दै दुर ब्यबहार गरे घर भन्दै टाढा गोठमा राखे बिरोध गर्दा समेत केहि सिप नलागे पछि अहिले यसको बिरोधमा सबै महिला उतारेको छु । सदरमुका चैनपुर संगै जोडिएको गाउँपालिका भए पनि कसैको नजर पुगेको छैन । खाना पनि सुख्खा नुन संग खानु पर्छ गाई भैसिलाई घाँस हामीले काटेको खुवाउन हुन्छ तर हामीले दुध दहि र महि खान मिल्दै यसको अन्त गर्न हामी महिलाले अहिले सामुहिक अभियान गर्न थालेका छु ।
छाउपडि भएको समयमा घर भित्र सुत्य देबी देबता रिसाउने हुन्छन त्यस्तो महिला बिरामी हुनाका साथै सन्तान र श्रीमानमा हानी हुन्छ भनेर गाउँमा सबैले डराउने गर्छन मन नभए र पनि घर भन्दा छुट्टै टाढाको गोठमा सुत्नु पर्छ गोठमा हिउँदमा चिसो हुनुका साथै बाघ भालु र बलत्कार भईने डर हुन्छ भने बर्खायामा सर्प र बिच्छि जस्ता बिषालु किराको डर हुने गरेको निर्मला रोकायाले बताए ।
उनले भने महिलाको समस्या कसैले बुझदैन काख भएको दुधे बालक देखि नवजात शिशु चिसाको कारण बिरामी भए उचपार गर्न समस्या हुन्छ । गएको बर्ष गोठमा सुत्यकै अबस्थामा छिमेकी गाउँका दुई जना महिला बलत्कार भए पुरुषलाई काबार्हि गुर्नको साँट्टो महिलालाई रण्डि बेस्या भनेर घर निकाला गरियो । छाउपडि प्रथाबिरुद अहिले हामीले सामुहि अभियान संचालन गर्न सोच गरेका छु । सफल भईन्छ भईन थाहा छैन ।
अहिले गाउँका लोग्ने मान्छे र स्वास्नीलाई एकै ठाउँमा राखेर छलफल गरि रहेका छु गडरायमा मात्रै एक परिवारको एक छाउगोठ गरी १३५ वटा छाउपडि गोठ छन पहिला छाउपडि गोठ भत्काउने योजना छ त्यस पछि छाउ भएकी महिलालाई घर भित्र न सुत्न दिए, त्यस्तो परिवारलाई सामुहिक वहिस्कार गर्न र प्रशासनिक कावार्हि गराउने योजना भएको कालिका महिला समुहकी अध्यक्ष उर्मिला देबि रोकायाले बताए ।
उनले भने महिला छाउ हुनु भनेको फुल फल्नु हो । प्रकृतिको नियम हो यसलाई कसैले रोक्न सक्दैन । हामी महिला अधिकार वाट वंचित भएकी छु । स्थानिय प्रशासन र महिला बिकास संगै महिला अधिकारलाई समेत हाम्रो अभियानको लिखित जानकारी दिएको छु । एक हप्ता सम्म संयुतm रुपमा जनचेता दिएको छ । भोलि देखि बस्ती अभियान संचालन हुन्छ ।
छाउपडि भएको समयमा महिलालाई बिभिन्न बहाना बनाए र सजाय दिएको छ यसका बिरुद्ध हामीले अभियान संचालन गरेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख लिला घलेले बताए ।
उनले भने जिल्लाका अधिकांस गाउँमा छाउपडि प्रथा कायमै छ ।हामीले खप्तड छानान्ना गाउँपालीकाको माझिँगाउँमा छाउपडि गोठ भत्काएका छन् । अब जिल्ला भरिका महिलालाई सचेतन गराई छाउपडिप्रथा बिरुद्ध लाग्ने योजना बनाएका छु ।

प्रतिक्रिया दिनुहोस्