सीजीको टेस्ट ड्राइभ



काठमाडौं, (नेस)
सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेस्ट राइड क्याम्पेन सञ्चालन गरेको छ। उपभोक्तालाई खरिद निर्णय लिनु पूर्व पूर्ण फस्र्ट ह्यान्ड अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले अभियानको थालनी गरेको हो।

मार्केटिङ एन्ड स्ट्रयाटिजीका डीजीएम सिरज पन्तका अनुसार नेपाली परिवारका लागि कार खरिद एक प्रमुख निर्णयका रूपमा रहँदै आइरहेको छ। ‘आफ्नो लगानीका लागि सही तथा निर्धक्क निर्णय लिने कार्यमा सघाउने सोचका साथ हामीले ‘दि परफेक्ट फेमिली कार’ सेलेरियोका लागि यो अभियान सञ्चालनमा ल्याएका हौं,’ पन्तले भन्नुभयो–‘हामी आफ्ना उपभोक्तालाई पहिलो अनुभव प्रदान गर्दै हाम्रो दाबीमा हामी प्रतिबद्ध छौं भन्ने कुराको सही मूल्यांकन गर्न सघाउने सोचका साथ यो अभियानको थालनी गरेका हौं।’

कम्पनीले क्षेत्रीय रूपमा ५ महिनासम्म विभिन्न क्षेत्रमा टेस्ट राइड क्याप सञ्चालन गर्नेछ। टेस्ट राइड अवधिभर उपभोक्ताले सुजुकीको शोरुममा गई तालिम प्राप्त सुजुकीका बिक्री अभिकृतको उपस्थिति, निगरानी तथा सहयोगमा झञ्झटरहित टेस्ट राइड अनुभव लिन सक्नेछन्। हरेक टेस्ट राइडमा उपभोक्ताले उपहारका साथै एक जना उपभोक्ताले बम्परका रूपमा १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्