शाक्यलाई फ्युचर स्टारको सम्मान



ललितपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, पुर्व राष्ट्रिय फुटबल टोलीका कप्तान राजुकाजी शाक्यलाई जावलाखेलस्थित  फ्युचर स्टार हाई स्कुलले सम्मान गरेको छ । विद्यालयको वार्षिक खेलकुद दिवसका अवसरमा शाक्यलाई नगद १० हजार ५ रुपैयाँ र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल र स्कुलकी प्रिन्सिपल मञ्जु कार्की लामिछानेले संयुक्त रुपमा शाक्यलाई सम्मान गरे । विद्यालयले हरेक वर्ष खेलकुद क्षेत्रका एक जना विशिष्ट व्यक्तिलाई सम्मान गर्दै आएको छ । सम्मानित भएपछि शाक्यले मेहनतकै कारण आफू यो स्थानमा आईपुगेको भन्दै सबै विद्यार्थी खेलाडीलाई अनुशासनपूर्वक परिश्रम गर्न सुझाव दिए । कार्यक्रममा एथलेटिक्सको विभिन्न विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए ।

विद्यार्थीहरुले कराँते खेलको कौशल पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक खेलकुद दिवसका अवसरमा भएका ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, बास्केटबल, भलिबल लगायतका अन्य विभिन्न खेलका विजयी खेलाडी तथा हाउसलाई पदक तथा शिल्ड वितरण गरिएको थियो । यस वर्ष निलो सदन उत्कृष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्