संरक्षक र मायांका च्याम्पियन



काठमाडौं, (नेस)
संरक्षकभूषण वज्राचार्य र मायांका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। यु–१८ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा मायांका च्याम्पियन
बनेका हुन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ३–६, ६–३ र ६–३ को सेटमा पराजित गरे। गल्र्सको उपाधि भिडन्तमा मायांकाले प्रेरणा कोइरालालाई ६–२ र ६–४ को सोझो सेटमा हराइन्। दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सयका दरले नगद पुरस्कार पाए।

यसअघि यू–९ सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गल्र्समा सुनिरा थापा, यू–१० सिंगल्सको ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा इभा अधिकारी तथा यू–१४ सिंगल्सको ब्वाइजमा आदित सुवेदी र गल्र्समा अभिलाषा विष्टले स्वर्ण जितेका थिए। त्यस्तै यू–१८ डबल्सको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र भाइ सम्यकको जोडी तथा गल्र्समा जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाको जोडी च्याम्पियन बनेका थिए।

प्रतिक्रिया दिनुहोस्