अजित र हुमीलाई स्वर्ण



काठमाडौं, (नेस)
पिनाकल कलेजका अजितकुमार यादव र शहीद रामनाथकी हुमी बुढा मगरले प्रथम टाइम्स दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। ५ किलोमिटर दूरीको दौडमा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भए।
१ हजार ५ सय र ३ हजार मिटर दौडका जुनियर राष्ट्रिय कीर्तिमानधारी अजितले निर्धारित दूरी १६ मिनेट १६.६२ सेकेन्डमा पूरा गरे। क्यास्पियन भ्याली कलेजका सुवास थापा दोस्रो र क्यास्पियनकै निरज महत तेस्रो भए। सुवासले १७ मिनेट १९.४३ सेकेन्ड तथा निरजले १७ मिनेट २१.१४ सेकेन्ड समय खर्चे।

द टाइम्स इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्समा पहिलो भएकी हुमीले निर्धारित दूरी २१ मिनेट ३७.०४ सेकेन्डमा पार गरिन्। २३ मिनेट १३.२८ सेकेन्ड समयमा गणेशमान मल्टिपल कलेजकी रशिला तामाङ दोश्रो तथा २५ मिनेट ३३.०५ सेकेन्ड सयममा राइजिङ स्टारकी भगवती थापा मगर तेस्रो भए। दुवै समूहमा पहिलो हुनेले १० हजार, दोस्रोले ८ हजार र तस्रोले ५ हजारका दरले नगद पुरस्कार हात पारे।

प्रतिक्रिया दिनुहोस्