रियलमाथि बार्सिलोनाको शानदार जित



म्याड्रिड , ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँ भएको खेलमा रियल रियल म्याड्रिडलाई पराजित गरेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३० को जित हात पार्यो ।

खेलको पहिलो हाल्फ बराबरीमा सकिए पनि दोस्रो हाल्फमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यसपछि रियलका कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातले रोकेपछि उनले सोझै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर गरे ।

म्याड्रिड १० खेलाडीमा सिमित भएपनि गोल गर्ने प्रयास भने जारी राख्यो । ७६ मिनेटमा ग्यारेथ बेलको प्रहार रोक्दै स्टेगेनले बार्सिलोनाको दोब्बर अग्रता कायम राखे । भिडालले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ३(० को जित पक्का गरे ।

यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा उपस्थिति मजबुद गरेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भन्दा बार्सिलोनाको ९ अंकको अग्रता बनेको छ भने रियल बार्सिलोना भन्दा १४ अंक पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्