जिउँदै जलाइयो



हैदरावाद, (एजेन्सी)
भारतको तेलंगाना राज्यको हैदरावादमा एक महिलालाई जिउँदै जलाइएको घटना बाहिर आएको छ। स्थानीयले जलेर घाइते भएकी सन्ध्यालाई अस्पताल लग्न मद्दत गरेको तर बाटैमा उनको मृत्यु भएको बताइएको छ। प्रहरीले यस मामिलामा आक्रमणकारी पुरुषलाई गिरफ्तार गरेको छ। २५ वर्षीया पीडित सन्ध्या रानी बिहीबार साँझ कामबाट घर फर्किरहेका बेला हमला भएको हो। सन्ध्या उनको पहिलाको कम्पनीमा काम गर्ने कार्तिक बंगालेसँग विवाद गरिरहेको देखिएकी थिइन। दुई वर्षदेखि विवाहको प्रस्ताव लिएर पछ्याइरहेका ती व्यक्तिले नै सन्ध्यालाई मट्टीतेल छर्केर आगो लगाइदिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्