टेलिकमले ल्यायो ‘विन्टर अफर’



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ। बिहीबारदेखि लागू हुने सो अफर माघ २१ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ। कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रूपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ।

कम्पनीका अनुसार जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ। विन्टर अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपियाँमा तीन दिनसम्म २४सैं घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र २४ घण्टासम्म उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ। त्यसैगरी ६० रुपियँँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ। त्यस्तै १२० रुपियाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ।

यो प्याक लिनका लागि डब्लुआईएन २५ एमबी, डब्लुआईएन १५० एमब वा डब्लुआईएन ५०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्छ। त्यस्तै विन्टर नाइट डाटा प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ। विन्टर नाइट डाटा प्याकअन्तर्गत १२ रुपियाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ।

त्यसैगरी ६० रुपियाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ। १२० रुपियाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

कम्पनीले विन्टर फेसबुक,इन्स्टाग्राम प्याकअन्तर्गत १२ रुपियाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म २४सैं घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ।
त्यसैगरी ६० रुपियाँमा १४ दिन, २७५ एमबी डाटा र ३ दिनसम्म २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ।१२० रुपियााँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रूपमा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्