लिरिल फ्रेस फेस रोचक मोडमा



कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको लिरिल फ्रेस फेसको चौथो संस्करणले नेपाली फ्यानहरुबीच लोकप्रियता पाउन थालेको छ।

युनिलिभरले ३ वर्षदेखि ब्रान्डको जीवन्तता र ताजापनलाई प्रतिनिधित्व गर्नका लागि यो कार्यक्रममार्पmत आफ्नो खोज शुरु गरेको हो।
कार्यक्रमका निर्णायकहरुमा फेसन फोटोग्राफर किशोर कायस्थ, कलाकार एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्रकार र पूर्व मिस नेपाल माल्भिका सुब्बा रहेका छन्। जसमध्ये माल्भिका सुब्बा यो सिजनदेखि निर्णायक भएकी हुन्। ५ एपिसोडहरु प्रसारण भइसकेका यस सिजनको पहिलो एपिसोडमा प्रारम्भिक र अन्तिम अडिसन देखाइएको थियो। ७ सयभन्दा बढी इन्ट्रिबाट ३ वटा टास्कको आधारमा उत्कृष्ट १० को छनोट गरिएको कार्यक्रममा फाइनल राउन्डका लागि अब उत्कृष्ट ३ सहभागी बाँकी रहेका छन्। यस वर्षको सो दर्शकका लागि अझ बढी रोमाञ्चक भएको छ भने सहभागीहरुका लागि अझ बढी चुनौतीपूर्ण भएको छ। अडिसनदेखि नै सहभागी युवतीहरुलाई ३ विभिन्न टास्क गर्न लगाएर छनोट प्रक्रियालाई अझ बढी चुनौतीपूर्ण बनाइएको थियो।

पाचौं एपिसोड आफैँमा एकदमै रमाइलो थियो। उक्त एपिसोडमा सहभागीहरुलाई ब्रिफ गर्न र ब्लगिङको बारेमा टिप्स दिनका लागि नेपालको प्रख्यात ब्लगर सिसन बानियाँ सहभागी भएका थिए। ४ सहभागीहरुलाई २⁄२ जनाको टिममा विभाजित गरी आफ्नै ब्लग बनाउन लगाइएको थियो। रियाल्टी सोमा यस किसिमको शीर्षक पहिलोपटक भएकाले यो टास्क आफैंमा ऐतिहासिक थियो। ब्लग र अत्मविश्वासको आधारमा निर्णायकहरुले दुई सहभागीलाई इलिमिनेट गर्नुपर्नेथियो। तर सोमा एउटा रोचक टुइस्ट तब आयो, जब निर्णायकहरुले फिनालेमा उत्कृष्ट २ को ठाउँमा उत्कृष्ट ३ लाई लग्ने निर्णय गरे। अब उत्कृष्ट ३ मा पुग्ने भाग्यशाली सहभागी को हो भनेर थाहा पाउन भने दर्शकले छैठौं इपिसोड हेर्नुपर्नेछ। लिरिल फ्रेस फेस सिजन ४ को विजेतालाई उपाधिका साथ नगद पुरस्कार १ लाख रुपियाँ र हिरो डुएट स्कुटरको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्