नयाँ जिल्ला नमुना बन्दै !



धनवीर दाहाल, रुकुम । संविधानमै सिंगो रुकुम दुई जिल्लामा बिभाजन बनेपछि ४४ वर्षपछि सदरमुकाम सहितको नयाँ जिल्ला पाउँदा पूर्वी रुकुमका नागरिकहरु हर्षित बनेका छन् । कान्छो जिल्लाको रुपमा चिनिने नयाँ जिल्ला रुकुम पुर्व अव नमुना जिल्ला बन्ने भएको छ । सबै भन्दा पहिला नयाँ जिल्लालाई भौतिक पुर्वाधार तथा अन्य विकास निमार्णको काममा तिब्रगतिका साथ काम गरिने नव निबार्चति प्रतिनिधि सभा सदस्य कमला रोकाले बताइन् ।
प्रतिनिधि सभा सदस्य रोकाले नयाँ जिल्लालाई नमुना बनाइने प्रतिबद्धता जनाइन् । उनले जनताले ठुलो बिश्वासका साथ आफुलाई जिताएकोले जनताको निर्देशन अनुसार मात्र आफु अगाडी बताइन् । नयाँ जिल्ला भएकोले रुकुम पुर्वमा गर्नुपर्ने काम धेरै भएकोले अव घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धतता कार्यान्वनमा आफु खट्ने प्रतिबद्धता जनाइन् । प्रदेश सभा क्षेत्र नं १ का प्रदेश सभा सदस्य तेजबहादुर ओली र क्षेत्र नं २ का प्रदेश सभा सदस्य पुर्ण घर्तीले पनि नयाँ जिल्लालाई नमुना बनाउने प्रतिबद्धता जनाएका छन् ।
पूर्वी रुकुमलाई नयाँ जिल्लाको औपचारिक मान्यता दिंदै असोज १९ गते प्रस्तावित सदरमुकाम रुकुमकोटमा केही सरकारी कार्यालयहरु स्थापना गरिएको थियो । जिल्लामा केही महत्वपुर्ण सरकारी कार्यालय स्थापना भई सकेकाले पनि नागरिकहरुमा एक प्रकारको खुशियाली छाएको छ । तर, पूर्वी रुकुमलाई नयाँ जिल्लाको रुपमा घोषणा गरिएको दुई महिना पुग्नै लाग्दा समेत केही सरकारी कार्यालयको स्थापनामा र कर्मचारी व्यवस्थापनमा केही ढिलाई भएकोले स्थानीयहरुलाई सेवा लिन केही कठिनाई भएको छ ।
स्थानीय गोपाल रेउलेका अनुसार केही ढिलाई हुँदा समस्या भएको बताउँछन् । भौगोलिक हिसाबले दुर्गम तथा हिमाली जिल्लाको सूचिमा रहेको पूर्वी रुकुममा अहिले पनि सरकारी कामकाज पुरानै भवन हरुबाट भईराखेको छ । जिल्लाका प्रायजसो कार्यालयमा दरवन्दी अनुसार हाल कर्मचारी नभएकोले नागरिकको सेवा प्रवाहमा समस्या देखिएको छ । तर पनि जिल्लाको समग्र विकास र कर्मचारी व्यवस्थापनका लागि समस्या समाधान गर्ने भन्दै सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जिल्ला समन्वय समिति रुकुम पुर्वका निमित्ति स्थानीय विकास अधिकारी चिन्तामणी दाहालले बताए ।
पूर्वी रुकुमका नागरिक हरुले जिल्ला घोषणासंगै जिल्लामा सरकारी कामकाज सुरु हुन थालेपछि सदरमुकाममा रहेका पूराना घरहरु भत्काउँदै पक्की भवन निर्माण गर्न थालेका छन् । अर्कोतर्फ जिल्लामा थप हुने सरकारी कार्यालय स्थापनाको काममा ढिलाई भएपनि जिल्लाको बढ्दो चहल पहल र जिल्लावासीमा देखिएको उमंगले भने पूर्वी रुकुमका नागरिकहरुको खुशिकायमै देखिन्छ । तीन स्थानीय तह मिलेर नयाँ जिल्ला बनेको पूर्वी रुकुममा यसअघि जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन कार्यालय स्थापना भईसकेका छन् । ४४ वर्षपछिको लामो संर्घसले सदरमुकाम सहित नयाँ जिल्ला पाएका पूर्वी रुकुमका नागरिकलाई प्रभावकारी सेवार खुशी दिनका लागि दरवन्दीअनुसार कर्मचारी खटाई बाँकी रहेका सरकारी कार्यालय पनि स्थापना गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्