दाँतको उपचार गर्दा ज्यान गएकाको परिवारलाई १० लाख



अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएपछि अस्पतालले क्षतीपूर्ति दिने भएको छ । दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका ६ अर्जेका ५६ वर्षिय शिवलाल अर्यालको परिवारले क्षतीपूर्ति वापत १० लाख पाउने भएका छन् ।
अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको भन्दै उनिहरुले मृतकको शव उठाएका थिएनन् । मृतका आफन्त र अस्पताल प्रशासन सहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतका परिवारलाई क्षतीपूर्ति वापत रु १० लाख सहित उनका परिवारलाई आजिवन स्वास्थ्य उपचारको व्याबस्था मिलाउने गरि सहमती भएको मालिका गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
परिवार र अस्पताल प्रशासनको सहमती पछीपरिवाले शव बुझेका छन् । शबलाई पोष्टमाडम गर्न लगिएको वडा अध्यक्ष गिरीले जानकारी दिए । बावुको मृत्यु भएपछी उनका २१ वर्षका छोरा बेहोस छन् । मृतका अर्याललका परिवारमा ४ छोरी र १ छोरा र श्रीमती छन् ।
सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे बिरामी अस्पताल पुगेका थिए ।
अप्रत्यासित बिरामीको मृत्यु भएपनि आफुहरुको त्यसका कुनै नियत नभएको डक्टरहरुको भनाई रहेको छ । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । मृतका आफन्तले गएराती देखि नै अस्पताल अगाडी प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्