ओली र प्रचण्डलाई राष्ट्रपतिले भनिन्– ‘आँफै मिलेर आउनूस्’



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका वाम गठबन्धन तर्फका नेताहरु बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग परापर्श गरेका छन् । राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेको समयमा उनीहरु त्यहाँ पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र नेताहरुबीच राष्ट्रिय सभा अध्यादेशबारेमा छलफल भएको थियो। राष्ट्रपति भण्डारीले अध्यादेशमा सहमति जटाउन आग्रह गरेकी छन्। भेटमा भण्डारीले दलहरुलाई मिलेर आउन आग्रह गरेकी छन् । उनले नेताहरुलाई भनिन तपाईहरु मिलेर तपाइहरु आँफै मिलेर आउनुभयो भने सजिलो हुन्छ ।

करिब २ घण्टा चलेको भेटवार्तामा अध्याधेसबारे गम्भिर छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्