विद्युत माग्दै बैतडीका सांसद



विनोद सिंह विष्ट, बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा बैतडीबाट नवनिर्वाचित सांसद तथा जनप्रतिनिधिहरुले विद्युत सेवा विस्तारका लागि पहल थालेका छन् । प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा क क्षेत्रका सांसद प्रेमप्रकाश भट्ट र प्रदेशसभा ख क्षेत्रका सांसद लीलाधर भट्टले बैतडीमा विद्युत विस्तारका लागि संयुक्त रुपमा विद्युत प्राधिकारण क्षेत्रीय कार्यालय अत्तरीयालाई संयुक्त रुपमा आग्रह गरेका छन् ।

बैतडीका मोतीनगर सवस्टेशन, पाटन –मेलौली सव स्टेशन, गिरेगडा सवस्टेशन र कटौजपानी सवस्टेशनको काम यथाशीघ्र अगाडि बढाउनका लागि आग्रह गरेका छन् । क्षेत्रीय कार्यालयले गर्नुपर्ने प्रक्रिया यथाशक्य पूरा गरि विद्युत विस्तारको काम अगाडि बढाउन तिनै जना सांसदहरुले संयुक्त रुपमा मंगलवार कार्यालयमा पुगेर आग्रह गरेका हुन् ।
बैतडीमा रहेको १० स्थानिय तहमध्ये ६ तहका बासिन्दा विद्युतिकरणवाट बञ्चित रहेको भन्दै यस्तो आग्रह गरिएको प्रदेश सभा ख का सांसद लिलाधर भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विकट क्षेत्रका नागरिकको पनि विद्युतमा पहुँच पुर्याउन लिखित रुपमा आग्रह गरेका हौं”
यसअघि विजयी पश्चात मतदाता धन्यवाद दिन तथा समस्या संकलन गर्न जिल्ला सबेै स्थानिय तहमा पुगेका नवनिर्वाचित सांसदले निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्