सत्ता हस्तान्तरणबारे सरकार भन्छः कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहन्नौं



नेपाल समाचारपत्र, काठमाडौँ ।

निर्वाचन सम्पन्न भैसकेपछि उब्जिएको राजनीतिक अन्यौलता र राजनीतिक जटिलताका बारेमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार शेरबहादुर देउवा नेतृत्वको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मेहनबहादुर बस्नेतले पत्रकार सममेलन गर्दै हलसालै निम्तिएको देशको राजनीतिक जटिलताबारे प्रस्ट परेका छन् ।

सम्मेलनमा मन्त्री बस्नेतले वर्तमान सरकारले जिम्मेवारी सम्हालेपछि सपन्न गरेका कार्यहरुको बारेमा प्रष्ट पार्दै स्थानीय तह तथा प्रदेश, प्रतिनिधिसभाको निर्वाचन तोकेकै समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सरकारको सबभन्दा ठूलो उपलब्धी भएको बताए । उनले अघि भने, ‘सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।’

मन्त्री बस्नेतले नयाँ सरकार गठन संघीय कानून अनसार बनाउँनु पर्ने हुँनाले संघीय कानून निर्माण भइनसकेको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदा कानून सम्मत नहुने धारणा व्यक्त गरे । उनले आफूहरू सहज सत्ता हस्तान्तरणको वैधानिक उपायको खोजीमा रहेको पनि बताए का छन् ।

प्रतिक्रिया दिनुहोस्