एमालेका समानुपातिक सांसदः नविना लामादेखि शर्मिला कार्कीसम्म (सूची)



काठमाडौँ । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको सूची करिब टुंगो लगोको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७४ ले बन्द सूचीको क्रमसंख्यामा तलमाथि गर्न नपाइने व्यवस्था गरेकाले कोको सांसद बन्छन भन्ने सहज अनुमान लगाउन सकिन्छ ।
प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित हुने ११० जना सांसद मध्ये एमालेले समानुपातिक प्रनिनिधित्वको आधारमा ४१ जना सांसद छनौट गर्नुपर्नेछ । संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेकाले एमालेबाट छानिने ४१ मा ३८ जना महिला छनौट हुनेछन । प्रत्यक्ष निर्वाचनमा कम महिला निर्वाचित भएकाले समानुपाकिमा बढी निर्वाचित हुँदैछन । एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । कुल सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ ।
एमालेबाट झापा–२ मा पवित्रा खरेल र स्याङ्जा–१ बाट पद्मा अर्यालले मात्र चुनाव जितेकाले थप ३८ जना समानुपातिकबाट चयन हुँदैछन । एमालेबाट तीन जना पुरुषमात्र समानुपातिकमा निर्वाचित हुँदैछन जसमा मुकुन्द न्यौपाने, रामप्रित पासवान, विजय सुब्बा र मोतिलाल दुगडको सम्भावना बढी देखिएको छ ।

अदिवासी जनजाति (महिला)
१. थममाया थापा मगर
२. डा. शिवमाया तुम्बाहाम्झे
३. सुजिता शाक्य
४. रामकुमार झाँक्री
५. बिना श्रेष्ठ
६. तुलसी थापा
७. नविना लामा
८. शान्तिमाया तामाङ
९. कुमारी मेचे
१०. विनादेवी बूढाथोकी मगर
११. रणकुमारी बलमपाकी मगर

खस आर्य (महिला)
१. राधा ज्ञावली
२. डा विन्दा पाण्डे
३. गोमा देवकोटा
४. कल्याणीकुमारी खड्का
५. निरुदेवी पाल
६. मनकुमारी जिसी
७. मायादेवी न्यौपाने
८. विष्णु शर्मा
९. सरिता न्यौपाने
१०. मेनाकुमारी भण्डारी
११. तिर्था गौतम
१२. शर्मिला कार्की

थारु (महिला)
१. शान्ता चौधरी
२. लक्ष्मीकुमार चौधरी

दलित (महिला)
१. निरादेवी जैर
२. विमला विश्वकर्मा
३. विमला विक
४. पार्वतीकुमारी विसुङ्गे
५. सानु शिवा

मधेसी (महिला)
१. जुलीकुमारी महतो
२. डा. पुष्पाकुमारी कर्ण
३. सरलाकुमारी यादव
४. रेखाकुमारी झा
५. सिरताकुमारी गिरी
६. सीता यादव

मुस्लिम (महिला)
१. कालिला खान
२. समिना हुसेन

पिछडीएको (महिला)
१. आशाकुमारी विक

प्रतिक्रिया दिनुहोस्