अजीव छ ‘सुपरग्लु



प्रदेशसभाको निर्वाचन परिणामअनुसार वामपन्थी गठबन्धनले स्पष्ट बहुमत पाएपछि स्वतः गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने प्रस्ट भएको छ। तर देउवा नेतृत्वको वर्तमान सरकार विभिन्न बहानाबाजीका साथ राजीनामा नगरी सत्ताको अवधि बढाउने खेलमा लागेको वाम गठबन्धनको आरोप छ। हिजो–आज गठबन्धनका नेतालाई भाषणको गतिलो मसला यही भएको छ।

राष्ट्रियसभा गठन प्रक्रिया प्रस्ट नभएसम्म सरकारबाट नहट्ने प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरूको तर्क छ। वर्तमान सरकारमा रहेको माओवादी एमालेकै अभिव्यक्ति र शैली दोहोर्याइरहेको छ। बहुमत प्राप्त गठबन्धनको प्रमुख हिस्सेदार माओवादी भने ‘चिचिको पनि लोभ, पापाको पनि लोभ’ शैलीमा प्रस्तुत भएको देख्दा धरहरा छक्क पर्न थाल्या छ।

निकै गतिलो ‘सुपरग्लुले अडइएको छ कि क्या हो, माओवादीका विना विभागीय मन्त्रीले चुनावपछि पनि काम चलाउ सरकार त्याग्न सकेका छैनन्। गज्जबै रैछ, यो सुपरग्लु। अनि त्यही पार्टीका नेता भन्छन्– ‘कांग्रेसले सत्ता लम्ब्याउने चाल रच्यो।’ धरहरा यसमा मध्यस्थकर्ता बन्दै यस्तो सुझाव दिन चाहन्छ– माओवादी मन्त्रीहरू सरकारबाट सरक्क हटइ भए त कांग्रेसलाई पनि छिट्टै सरकारबाट हट्न नैतिक दबाब मिल्थ्यो होला नि। कि कसो पाठकवृन्द⁄

प्रतिक्रिया दिनुहोस्