पृथ्वी जयन्तीमा मिस गोरखा



गोरखा, (नेस)। विभिन्न अडिसनबाट छानिएर आएका गोरखाली युवतीहरुबाट आगामी पुस २७ पृथ्वी जयन्तीको अवसर पारेर मिस गोरखा चयन गरिने भएको छ। सौन्दर्य कला व्यवसायी संघ गोरखा शाखाको आयोजनामा मिस गोरखा २०१७ ब्युटी विथ ब्रेन प्रतियोगितामार्फत मिस गोरखा घोषणा गरिने भएको हो।

संघले गोरखाका सञ्चारकर्मीसँग छलफल गर्दै मिस गोरखा गर्न लागेको जानकारी गराएको हो। पहिलो र दोस्रो अडिसनबाट छनोट भएका ३२ गोरखाली युवतीमध्येबाट फाइनल राउन्डमा २० जनाले स्पर्धा गर्ने र उनीहरुमध्ये एक जनालाई मिस गोरखा घोषणा गरिनेछ। अहिले उनीहरुलाई विभिन्न विधामा प्रशिक्षण गराइरहेको सचिव रीना गुरुङले जानकारी गराइन्। प्रशिक्षणमा उनीहरुको फोटो सुट, भिडियो प्रोफाइल, संस्कार संस्कृति तथा शैक्षिक अवलोकन भ्रमण, सेल्फ ट्यालेन्ट राउन्ड गराएर सिकाउने काम भइरहेको संघकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी गराइन्। मिस गोरखा घोषित हुने युवतीले नगद ५० हजार रुपियाँका साथमा अन्य उपहार पाउने छिन्। त्यस्तै फस्ट रनर्सअपले ३० हजार, सेकेन्ड रनर्सअपले २० हजार र थर्ड रनर्सअपले १० हजार रुपियाँ पाउने छन्।

प्रतिक्रिया दिनुहोस्